अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उपलक्षयमा पैदल र्याली

अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उपलक्षयमा पैदल र्याली

नेपालमा पहिलो पटक २० मे २०२४ मा १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ ।

मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा मे २० तारेखलाई हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आइरहेका छन् । मानव संसाधन समाज नेपाल गैर नाफामुलक सामाजिक संस्था हो जुन सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरू द्वारा स्थापित गरिएको हो । यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षको रूपमा सुदृढ र सशक्त बढाउनुका साथै मानव संसाधन क्षेत्रका विज्ञहरूको विज्ञतालाई अझ अभिबृद्धि गर्दै निरन्तर रुपमा यसको दायरा बढाउँदै बढाउँदै लैजाने गर्दछ ।

मानव संसाधन समाज नेपालको प्रादेशीक च्याप्टर बाहेक, आफ्नो अन्तर्राष्ट्रिय सम्बद्धता भारतको ल्ज्च्म्ल् सँग रहेको छ । मानव संसाधन समाज नेपालले मासिक रुपमा नलेज शेयरीङ शेसन, तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

मानव संसाधन समाजको आयोजनामा आज नेपालमा पहिलो पटक विश्व मानव संसाधन दिवस एच आर शेपिङ द न्यू फ्युचर भन्ने नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइयो । पैदल र्याली नेपाल राष्ट्र बैंक बालुवाटारबाट सुरु भई भाटभोटीनी, पुलिस हेडक्वाटर गैरिधारा चोक हुँदै पुनः बालुवाटार नेपाल राष्ट्रबैक चेक अगाडि आएर कोणसभा गरी समापन भयो ।

दल यात्राको मुख्य उद्देय आफू स्वस्थ रहनु अरुलाई स्वस्थ राख्न अभिप्रेरित गर्नु र आफू कार्यरत प्रतिष्ठानहरुका सबै कर्मचारीहरुलाई स्वस्थ रहन अभिप्रेरित गर्नु रहेको छ । प्रतिष्ठानका कर्मचारीहरु स्वस्थ रहेमा मात्र प्रतिष्ठान स्वस्थ रहने भएकोले मानव संसाधन समाज नेपालले विश्व मानव संसाधन दिवसको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना गरेको हो । सम्मेलनमा २०० भन्दा बढी विभिन्न प्रतिष्ठानहरुमा कार्यरत मानव संसाधन क्षेत्रका विज्ञहरुको उपस्थित रहेको थियो ।

संगठनात्मक सफलतामा मानव संसाधनको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन यो कार्यक्रमले महत्त्वपूर्ण कदमको रूपमा रहेको अध्यक्ष टेकराज शर्माले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ जेठ २०८१, सोमबार १९ : २९ बजे