बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले शतप्रतिशत अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नियामक निकाय विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।
आयोगको बैशाख २४ गते बसेको २३२ औं बैठकले चुक्ता पुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न पुर्वस्वीकृति दिएको हो । विद्युत नियमन आयोगबाट स्वीकृति पाएको उक्त हकप्रद अब कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गरी आगामी साधारण सभामाबाट प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्न अनुमति माग गरेको थियो । तर आयोजले १००% मात्र हकप्रद सेयर निष्काशनको प्रस्ताव सभामा पेश गर्न सहमति प्रदान गरेको हो । बुद्ध भूमी हाईड्रोपावरले गत वैशाख २० गते हकप्रद सेयरको निष्काशनको एजेण्डा वार्षिक साधारण सभामा पेश गर्न पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन दिएको थियो । प्रस्तावित १००% प्रतिशतले हुन आउने ४० करोड बराबरको हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ कायम हुनेछ ।
कम्पनी नुवाकोटमा रहेको ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
