सन नेपाल लाइफको सञ्चालकमा स्नेहा शर्मा

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा स्नेहा शर्मा नियुक्त भएकी छिन् । शर्मा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक चयन भएकी हुन् ।

२०८१ जेठ ९ गते बुधवार सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट शर्मा आगामी चार वर्षको लागि कम्पनीको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

साथै सभाबाट कम्पनीको आर्थिक वर्ष २०८०–२०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक समेत नियुक्त गरेको छ । सभाले लेखापरीक्षक श्री के.पी. आर एसोसियट्स, चार्टड एकाउण्टेण्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विनोद शर्मा पौडेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।