नेप्से यो साता ११२ अङ्कले बढ्यो, बैंकिङ्गमा चमक छाउँदा कुन कम्पनीका लगानीकर्ता भए मालामाल ?

0
Shares

यो साताको सेयर बजार ५.५८ प्रतिशत अर्थात ११२.७३ ५३ अङ्कले बढेको छ । पाँच दिनमा करिब २२ अर्बको कारोबार हुँदा नेप्से परिसूचक पनि बढेर २१३१. दशमलव ४९ विन्दुमा बन्द भएको छ । आइतबार २०१८. दशमलव ७६ विन्दुमा बजार खुलेको थियो । नेप्से परिसूचक बढेसँगै यो साता लगानीकर्ताले सेयर बजारबाट १ खर्ब ७८ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ कमाएका छन् । आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ०१ अर्ब १६ करोड ४९ लाख रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा बढेर ३३ खर्ब ७९ अर्ब ९१ करोड ३ लाख रुपैयाँमा बढोत्तरी भएको हो ।

चार दिन खुला भएको बजार चारै दिन बढेको थियो । आइतबार ४५.६९ अंक, सोमबार २७.७४, मंगलबार २३.९४ र बुधबार १५.५४ अंकले बजार बढेको थियो । बिहीबार बुद्धजयान्तीको अवसरमा सार्वजनिक विदा रहेकाले सेयर कारोबार भएन । यो साता चार दिनमा दैनिक औसत ५ अर्ब ४९ करोड ९८ लाखका दरले कुल २१ अर्ब ९९ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको ५ करोड ४२ लाख ७२ हजार २२९ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यो साता पोखरा फाइनान्सको सर्वाधिक ७६ करोड ४१ लाख ४२ हजार रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै सिईडिबि हाइड्रोपावरको ६४ करोड २३ लाख ५३ हजार रुपैयाँ, फस्ट माइक्रोफाइनान्स ५२ करोड ३० लाख ३१ हजार, एनआईसी एशिया बैंकको ३७ करोड ६८ लाख, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ६५ लाख, हिमालयन लघुवित्तको ३० करोड १८ लाख, नबिल बैंकको २८ करोड ८६ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड ४२ लाख रुपैयाँ र नेरुडे मिर्मिरे लघुवित्तको २८ करोड ३४ लाख रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको छ । कारोबार कित्ताका आधारमा यस साता सिंगटी हाइड्रोपावरको १३ लाख २४ हजार १८१ कित्ता र कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको ८ हजार ४९७ ओटा पुगेको छ ।

यो साता १३ उपसमुहगत सूचकमध्ये सबै बढेका छन् । बैंकिङ्ग इन्डेक्स सर्वाधिक १३.४४ प्रतिशतले बढेर ११९२.७३ बिन्दुमा पुगेको छ । यस्तै होटल तथा पर्यटनमुलक ३.९८ प्रतिशत, जलविद्युत ३.९५, लगानी ३.९१, जीवन बीमा ३.८८ अन्यको ३.०९ र म्युचुअल फन्ड ३.०८ प्रतिशतले बढेको छ । निर्जीवन बीमा २.९३, फाइनान्स २.६७, ब्यापार २.२१, विकास बैंक २.१३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमुलक १.१६ प्रतिशत र लघुवित्तको इन्डेक्स १.०७ प्रतिशतले बढेको छ ।

यस्ता छन् यस साता सेयर मूल्य बढ्ने शीर्ष दश कम्पनी

बजार बढेपछि यो साता अधिकांश कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । यस साताको बजारबाट एकीकृत कारोबारपछि धितोपत्र बजारमा भर्खरै कारोबार खुला भएको सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । लघुवित्तका लगानीकर्ताले यस साता ४६.३९ प्रतिशतले नाफा आर्जन गरेका छन् । यससँगै कम्पनीको सेयर मूल्य १ हजार २९४ रुपैयाँ पुगेको छ । यस्तै यो साता नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ताले ३४.३९ प्रतिशतले नाफा आर्जन गरेका छन् । लघुवित्तको सेयर मूल्य अघिल्लो साताको तुलनामा २०२ रुपैयाँ १४ पैसाले बढेर ७९० रुपैयाँ पुगेको छ ।

यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर २९.०४ प्रतिशतले बढेर ६७१ रुपैयाँ पुगेको छ । हकप्रद बिक्रीको प्रस्ताव विद्युत नियमन आयोगबाट शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्तावलाई पूर्वस्वीकृति दिएसँगै कम्पनीको मूल्य आकाशिएको हो । यसैगरी यस साता एनआईसी एशिया बैंकको लगानीकर्ताले २५.७७ प्रतिशतले नाफा कमाउँदा प्रतिकित्ता मूल्य ९१ रुपैयाँ ८० पैसाले बढेर ४५२ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै नबिल बैंकको १९.२६ प्रतिशतले बढेर ५१४, सिद्धार्थ बैंकको १६.९२ प्रतिशतले बढेर २६६, बिन्धबासिनी हाइड्रोपावरको १६.१३ प्रतिशतले बढेर ५७६, कृषि विकास बैंकको १६.१३ प्रतिथशतले बढेर २८०, इष्टर्न हाइड्रोपावर लिमिटेडको १६.०७ प्रतिशतलेबढेर ५२० रुपैयाँ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले यस साताको बजारबाट १६.०६ प्रतिशतले नाफा कमाएका छन्। सुपर मादी हाइड्रोपावरको सेयर अन्तिम पटक प्रतिकित्ता ५०६ मा कारोबार भएको छ ।

कुन कम्पनीका लगानीकर्ताले यो साता गुमाए ?

यो साताको बजारबाट पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । गत साता ५४० रहेको कम्पनीको मूल्य १३.३३ प्रतिशतले घटेर प्रतिकित्ता ४६८ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै समाज लघुवित्तका सेयरधनीले यो साताको बजारबाट ९.९५ प्रतिशतले गुमाएका छन् । लघुवित्तको मूल्य २३४ रुपैयाँ घटेर २११८ रुपैयाँमा झरेको छ । यस्तै यो साता उपकार लघुवित्तको ९.२९ प्रतिशतले घटेर १ हजार ८०५ रुपैयाँमा र गुराँस लघुवित्तको ८.५३ प्रतिशतले घटेर १९३० रुपैयाँमा झरेको छ ।

यसैगरी माण्डू हाइड्रोपावरको सेयर मूल्य ७.०४ प्रतिशतले घटेर ८९८ रुपैयाँ, युनिक नेपाल लघुवित्तको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर १९६७ रुपैयाँमा झरेको छ । साथै जाल्पा लघुवित्तको ६.४४ प्रतिशतले घटेर रुपैयाँ १० पैसा, अभियान लघुवित्तको सेयर ५.८७ प्रतिशतले घटेर ८६५ रुपैयाँमा झरेको छ । जनउत्थान लघुवित्तको ४.८६ प्रतिशतले घटेर १३८९ रुपैयाँ १० पैसा, धौलागिरी लघुवित्तको सेयर मूल्य ४.५२ प्रतिशतले घटेर १२६५ रुपैयाँ १० पैसामा झरेको छ ।

शीर्ष कारोबार गर्ने दश ब्रोकर कम्पनी

योा साता सबैभन्दा धेरै कारोबार नाशा सेक्युरिटीजले गरेको छ । ब्रोकर नम्बर ५८ को उक्त ब्रोकरले १२ कराड ९ लाखको खरिद गर्दा १२ करो १५ लाखको सेयर बिक्री गरेको छ । यस्तै ब्रोकर नम्बर ४५, इम्पेरियल सेक्युरिटीजले ११ करोड ४ लाखको सेयर खरिद तथा ८ करोड ८० लाख रुपैयाँको बिक्री गरेको छ ।

ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटीजले ८ करोड ८१ लाखको सेयर खरिद गर्दा ८ करोड २५ लाख रुपैयाँको बिक्री गरेको छ । ब्रोकर नम्बर ४९, अनलाइन सेक्युरिटीजले ७ करोड ८२ लाखको सेयर खरिद गर्दा ७ करोड ५३ लाख रुपैयाँको बिक्री, ब्रोकर नम्बर ४२, सनि सेक्युरिटीजले ७ करोड ७९ लाखको सेयर खरिद गर्दा ७ करोड ३९ लाख रुपैयाँको बिक्री र ब्रोकर नम्बर ४४, डायनामिक मनि म्यानेजरले ६ करोड ४७ लाखको सेयर खरिद गर्दा ६ करोड ७२ लाख रुपैयाँको बिक्री गरेको छ ।

यसैगरी यस साताको कारोबारमा ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्स सेक्युरिटीजले ६ करोड र ब्रोकर नम्बर १७, एबिसी सेक्युरिटीजले ५करोड ७ लाखको सेयर खरिद गरेको छ । खरिदतर्फ शीर्ष दशमा परेका यी दुबै ब्रोकर कम्पनी बिक्री गर्ने दशमा अटाएका छैनन् । उता बिक्रीतर्फ शीर्ष दशमा परेका ब्रोकर नम्बर ४१, लिञ्च स्टक मार्केट र ब्रोकर नम्बर ३३, दक्षिणकाली सेक्युरिटिज खरिदतर्फ शीर्ष दशमा परेका छैनन् । यो साता लिञ्च स्टक मार्केटले ६ करोड १६ लाख र दक्षिणकाली सेक्युरिटिजले ५ करोड ५२ लाख रुपैयाँको धितोपत्र बिक्री गरेको छ ।

साथै ब्रोकर नम्बर ५७, आर्यतारा सेक्युरिटीजले ५ करोड ४८ लाखको सेयर खरिद गर्दा ५ करोड ६१ लाख रुपैयाँको बिक्री र ब्रोकर नम्बर ३८, दिपशिखा धितोपत्र कारोबार कम्पनीले ५ करोड ७ लाखको सेयर खरिद गर्दा ५ करोड ५६ लाख रुपैयाँको धितोपत्र बिक्री गरेको छ ।

टप ब्रोकरबाट छनौटमा परेका कम्पनीहरु यस्ता

यो साता टप ब्रोकरबाट धेरै कारोबारमा आउने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, हिमालयन लघुवित्त, पोखरा फाइनान्स, माउन्टेन इनर्जी नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे मिर्मिरे लघुवित्त, नबिल बैंक, हिमालयन रि इन्स्योेन्स कम्पनी, सिईडिबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।