नेप्सेमा ७६ लाख ३५ हजार कित्ता सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार ७६ लाख ३५ हजार ५०० कित्ता सेयर सुचीकृत भएको छ । 

कालिका पावर कम्पनीको चुक्ता पुँजीको दश प्रतिशत बराबरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर र रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता थप सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कालिका पावरको गत आर्थिक वर्ष २०७९–८० को चुक्ता पुँजीको दश प्रतिशतले हुने आउने ७ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ९३ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो । साधारण सभा प्रयोजनका लागि कालिका पावरले तोकेको बुकक्लोज अनुसार पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै उक्त बोनस सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।