सेयर बजार यो साता २.९१ प्रतिशत अर्थात ६१.९६ अंकले घटेर २०६९.५३ बिन्दुमा झरेको छ । मौद्रिक नीतिअघि बढेको सेयर बजार बजेट भाषणपछि घट्न थालेको हो । बजार घटेपनि यो साता केही कम्पनीका लगानीकर्ताहरुले भने नाफा कमाएका छन् ।
यो साता कालिञ्चोक दर्शन लिमिटेडको सेयर लगानीकर्ताले सर्वाधिक २३.४५ प्रतिशतले कमाएका छन् । आइतबार बजार खुल्नुअघि ९३४ रहेको कम्पनीको सेयर अन्तिम दिन बिहीबार बजार बन्द हुँदासम्म २१९ रुपैयाँले बढेर ११३५ रुपैयाँ पुगेको हो ।
यसैगरी यो साता अपर लोहरेखोला हाइड्रोपावरको सेयर मूल्य १९.८४ प्रतिशतले बढेर ३९९ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै युनिलिभर नेपाल लिमिटेडको १९.१० प्रतिशतले बढेर ४७ हजार ४०० रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरको भाउ यस साता १७.३८ प्रतिशतले बढेर ६३५ रुपैयाँ पुग्दा भगवती हाइड्रोपावरको १६.९६प्रतिशतले बढेर ८३५ रुपैयाँ १० पैसा पुगेको छ ।
यस साताको बजारबाट सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले १०.६५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम—२ को इकाईमूल्य ९.५१, मुक्तिनाथ कृषि कम्पनीको ९.२१, सनराइज ब्लुचिप फन्डको इकाईमूल्य ९.११, र नेपाल फाइनान्सको ८.५० प्रतिशतले बढेको छ ।
बढोत्तरीपछि सुपर मादी हाइड्रोपावरको सेयर प्रतिकित्ता ५५९ रुपैयाँ ९० पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम—२ को इकाईमूल्य ८ रुपैयाँ ७५ पैसा, मुक्तिनाथ कृषि कम्पनीको ९६२ रुपैयाँ ५० पैसा, सनराइज ब्लुचिप फन्डको इकाईमूल्य ८ रुपैयाँ ४० पैसा र नेपाल फाइनान्सको सेयर प्रतिकित्ता ५५६ रुपैयाँ ६० पैसा पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
