हिमालयन बैंकको विराटनगर शाखा–२ रोडशेष चोकमा स्थानान्तरण

हिमालयन बैंकको विराटनगर शाखा–२ रोडशेष चोकमा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडको विराटनगर शाखा–२ आइतबारदेखि रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नम्बर १२, मोरङ्गबाट सञ्चालनमा आएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नम्बर १२, मोरङ्गबाट जेठ २० गते देखि सञ्चालनमा ल्याइएको हो ।

बैंकको रोडशेष चोक शाखा, विराटनगरको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका हुन् । उक्त शाखाबाट बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरी सञ्चालनमा ल्याइएको जनाइएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पस टर्मिनलस् र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेठ २०८१, आइतबार १७ : १३ बजे