समाज लघुवित्तले लाभांश नबाँड्ने, नाफालाई जगेडाकोष र रिटेन्ड अर्निङमा राख्ने

0
Shares

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ ।

संस्थाको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो।

बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ।

यससँगै समाज लघुवित्तका सेयरधनीहरुको हात यसपाली खाली हुने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।