नेप्सेमा दुई कम्पनीको बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार दुई कम्पनीको १९ लाख ६९ हजार ४१४ दशालव ६२६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज साल्ट ट्रेनिङ्ग कर्पोरेसन लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

स्टकका अनुसार साल्ट ट्रेनिङ्ग कर्पोरेसनको चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ४ लाख १८ हजार ३२६ दशमलव ४६ कित्ता र डिप्रोक्स लघुवित्तको १० प्रतिशतका दरले १५ लाख ५१ हजार ८८ दशमलव १६६१ कित्ता बोनस सूचीकृत भएको हो ।

सोमबार सूचीकृत बोनस सम्बन्धित सेयरधनीले हितग्राही खातामा जम्मा भएपछि धितापत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।