एसबिआई बैंकले दीर्घकालीन स्रोत संकलन गर्न ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

0
Shares

नेपाल एसबिआई बैंकले दीर्घकालीन स्रोत संकलनका लागि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीम ल्याउने भएको छ ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कसनका लागि बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

बैंकले जारी गर्नेकुल ३० लख कित्ताऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारण्मा बिक्रीमा आउने भएको छ भने १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।  ऋणपत्र बिक्री गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको नियुक्त गरिसकेको छ । सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
स्रोतथ संकलनका लागि निक्षेपभन्दा ऋणपत्रबाट संकलन हुने निक्षेप लामो समयसम्म कर्जा

रिचालन गर्न पाइन्छ । तोकिएको अवधिसम्म निश्चित प्रतिशतकादरले ब्याज भुक्तानी गरिने हुँदा बैंकको लागत समेतऋणपत्रले स्थिर राख्न मद्दत गर्दछ । केन्द्रीय बैंकले सबैवाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्न थालिएसँगै पछिल्लो समय ऋणपत्रबाट स्रोतसंकलनको क्रम बढ्दो रहेको छ ।

नेपाल एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।