मैलुङ खोला जलविद्युतद्धारा स्थानीयलाई सेयर अभौतिकीकरण गर्न आग्रह

0
Shares

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै रसुवा जिल्लाको उत्तरगढा गाउँपालिका वडा नम्बर १ साविक हाकु र डाडा गाउँका स्थानीय वासिन्दामा बाँडफाँडमा भएको सेयर अभौतिकीकरणका लागि आग्रह गरेको हो ।

कम्पनीले जेठ २२ गतेदेखि सेयर अभौतिकीकरणका लागि निवेदन दर्ता गर्ने कार्य सुरु गरेको भन्दै जानकारी गराएको छ । हाल दोस्रो बजारमा अभौतिक (डिम्याट) सेयर मात्र कारोबारका हुने भएकाले आफूलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्य वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी हितग्राही खाता खोल्न कम्पनीले आग्रह गरेको छ ।

यस कम्पनीले २०७८ साल साउन २६ गते सर्वसाधारणमा ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बाँडफाँड गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको तीन वर्षपछि स्थानीय बासिन्दाको सेयर कारोबारयोग्य हुने व्यवस्था छ । सो व्यवस्था बमोजिम यस कम्पनीको स्थानीयको सेयर आगामी साउन २६ गतेपछि दोस्रो बजारमा कारोबारयोग्य हुनेछ ।

स्थानीयमा कम्पनीले २०७४ साल असार ३० गते ३ लाख ६८ हजार १४४ कित्ता सेयर बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।