भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’ को भारतको सङ्कल्पको विजय भएको बताएका छन् ।

लोकसभा चुनावको नतिजापछि नयाँदिल्लीको भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भने, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।” उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे । प्रधानमन्त्री मोदीले उडिसामा भाजपाको प्रदर्शनको विशेष उल्लेख गरे। त्यहाँ पार्टी पहिलो पटक सरकार गठन गर्न तयार छ । राज्यमा लोकसभा चुनावमा पनि भाजपाले राम्रो प्रदर्शन गरेको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री मोदीले निर्वाचन आयोगको प्रशंसा समेत गरे । “आयोगले यो चर्को गर्मीमा यति धेरै दक्षताका साथ यति ठूलो निर्वाचन सम्पन्न गरेको छ । हाम्रा सुरक्षा बलहरूले पनि प्रभावकारीरूपमा आफ्नो काम गरेका छन् । प्रत्येक भारतीयलाई भारतको चुनाव प्रक्रिया र प्रणालीको विश्वसनीयतामा गर्व छ”, उनले भने ।

पार्टी मुख्यालयमा पुग्दा प्रधानमन्त्री मोदीलाई भाजपा कार्यकर्ताले स्वागत गरेका थिए । केही कार्यकर्ताले ‘जय जगन्नाथ’को नारा पनि लगाएका थिए । निर्वाचन आयोगको पछिल्लो प्रवृत्तिअनुसार एनडिएले २९४ सिटमा जितेको छ भने इन्डिया गठबन्धनले २३२ सिटमा जित हासिल गरेको छ  छ ।

भाजपाले आफ्नै बलमा २४०  सिट जितेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: २३ जेठ २०८१, बुधबार १४ : ०३ बजे