दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सूचीकृत

0
Shares

दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार १५४ दशमलव ६६४ कित्ता सेयर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४० दशमलव ५० कित्ता बोनस आज नेप्सेमा सेयर सूचीकृत भएको हो ।

आइतबार सूचीकृत भएको दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।