साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १५ प्रतिशत बोनस वितरण

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

कम्पनीको चैत २३ गते सम्पन्न ५७ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर वितरण भएको हो । कम्पनीको बोनस सेयर जेठ २१ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको जनाएको हो ।

चैत ८ गतेसम्म कायम सेयरधनीरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् । चैत ८ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ ।

हाल बोनस सेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र डिम्याट खाता खोली आफ्नो बोनस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।