सुदुरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

0
Shares

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा संचालन गरिरहेको श्रमाधान रोजगार मेला सुदुरपश्चिम प्रदेशमा आइतवारबाट सुरु भएको छ ।

मेलाको उद्घाघाटन गदै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्यमशिलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे । मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा सावित हुने उनको भनाई छ । निजी क्षेत्र तथा सरकार मातहतका निकायहरुले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पुर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारी भने सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर संचालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ । ‘बैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपागता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने । मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसंग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे । साथै आन्तरिक पूजी र उत्पादन बृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ ।

उद्घाघाटन समारोहमा बोल्दै सुदुरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्वपुर्ण हुने धारणा राखिन। यस्ता रोजगार मेृला बर्षेनी आयोजन गर्न आवश्यक रहेको उनको भनाई थियो । युवाहरु वैदेशिक रोजगारीस्मा जानेक्रम बढेको अवस्थामा जमिन जग्गाहरु बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहा धेरै अवसर पाइएने मन्त्री थापाले बताईन ।

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारबारे कसरी जानकारी लिने भन्न्ने उदेश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । मेलामा १२ वटा सरकारी र २७ नीजि क्षेत्रका गरी ३७ वटा स्टलहरु रहेका छन् । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भुमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पुर्व सिकाई मान्यताको भुमिका,अवको यात्रा योगदानमा आधारीत सामाजिक सुरक्षा, सुदुरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदुर लगायत सात वटा सामुहिक छलफल तथा कार्यशाला पनि संचालन गरिदै छ ।

श्रमाधान मेला जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गेत बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।