स्क्वायर सहकारीका अध्यक्ष सहित तीन पक्राउ

स्क्वायर सहकारीका अध्यक्ष सहित तीन पक्राउ

प्रहरीको केन्द्रीय अनुुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मख्खन टोलमा सञ्चालित उक्त सहकारीका ध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ७ करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेठ २०८१, आइतबार १८ : ४२ बजे