लक्ष्मी इक्विटी फण्डको सूचीकरण खारेज

लक्ष्मी इक्विटी फण्डको सूचीकरण खारेज

लक्ष्मी इक्वीटी फन्डको सूचीकरण जेठ २७ गते २०८१ देखि परिपक्व भएसँगै खारेज भएको छ । सात वर्षको अवधिको बन्दमुखी म्युचुअल फन्ड ‘ लक्ष्मी इक्विटी’ को अवधि समाप्त भएसँगै नेप्सेले फन्डको इकाईको सूचीकरण खारेज गरेको हो ।

अवधि सकिएपछि म्युचुअल फण्डको दोस्रो बजारमा काराबवार रोकिएको छ । अब म्युचुअल फण्डले आफ्नो सबै लगानी बिक्री गरेपछि लगानीकर्ताले लगानीको अंश फिर्ता गर्नेछ । परिपक्वता अवधिको अन्त्यमा योजनाले सबै सेयरहरू, डिबेञ्चरहरू, र सूचीकृत तथा सूचीकृतनभएका सेयरहरू बेच्न र इकाईधारकहरूलाई समानुपातिक रूपमा वितरण गनेछ । बैशाख मसान्तसम्ममा १८ करोड ८४ लाख १७ हजार नोक्सानीमा रहेको फन्डको पछिल्लो प्रतिइकाई खुद मुल्य (न्याभ) ९ रुपैयाँ ८८ पैसा छ ।

एक अर्ब २५ करोड रुपैयाँ आकारमा सञ्चालित फन्डले १० रुपैंयाँ प्रति कित्ताको दरले १२ करोड ५० लाख कित्ता इकाई २०७४ बैशाख २२ गते देखि बैशाख २८ गतेसम्म सार्वजनिक निष्कासन खुल्ला गरेर जेठ २९ गते इकाई बाँडफाँड गरेको थियो ।

योजनाले पछिल्ला चार आर्थिक वर्षहरूमा लगानीकर्ताहरूलाई लगातार लाभांश प्रदान गरेको थियो ।

Laxmi Equity Fund ( LEMF ) Dividend History
S.N. Fiscal Year Cash Dividend(%)
1 2079/2080 8.00
2 2078/2079 5.00
3 2077/2078 35.00
4 2076/2077 4.25

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेठ २०८१, आइतबार १९ : ०५ बजे