सेयर बजारमा जाग्न थाल्यो उत्साह, नेप्सेमा उछाल आउँदा कारोबार साढे पाँच अर्ब नाघ्यो

0
Shares

सेयर बजारमा उत्साह जाग्दै जाँदा दैनिक कारोबार रकम बढ्दै गएको छ । जेठ २३ गते बुधबार ४ अर्बमा रहेको दैनिक कारोबार रकम चार दिनमै बढेर जेठ २९ गते ५ अर्ब ५० कराेड नाघेको हो । जलविद्युत्, बीमा र ब्यापार समुहका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा नेप्सेमा समेत उत्साहप्रद वृद्धि कायम भएको हो । मंगलबार २०८२ बिन्दुमा खुलेको नेप्से अधिकतम ३३.१८ अंकसम्म बढेर २११५.२७ मा पुगेकोमा ०.०३ अंकको करेक्शन सहित बन्द भएको हो ।

मंगलबार नेप्से ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको छ । यसदिन ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा उच्च वृद्धि मात्र होइन कारोबार पनि साढे ६ कराेड रूपैयाँले बढेको छ ।

कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको ३६ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरको ५ लाख २५ हजार १२५ कित्ता सेयर किनबेच भएको छ । यस्तै माउन्टेन इनर्जी नेपालको १७२३ पटकमा ३ लाख ७१ हजार ९८१ कित्तान सेयर २३ करोड १७ लाख ७० हजारको कारोबार भउको छ । यस्तै ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख ८६ हजार, जानकी फाइनान्सको १० करोड ६१ लाख, गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन सेन्सेटिभ इन्डेक्स १.१३ प्रतिशत, फ्लोट इन्डेक्स १.७९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३७ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका सबै १३ ओटै उपसमुहगत सूचक बढेका छन् । यसदिन हाइड्रोपावर सर्वाधिक २.५८ प्रतिशतले बढेको बजारमा जीवन बीमा २.४० प्रतिशत, निर्जीवन बीमा २.१९ प्रतिशत, फाइनान्स २.१६ प्रतिशत र ब्यापार २.१२ प्रतिशतले बढेको छ । साथै बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त पनि एक प्रतिशतभन्दा धेरैले बढेको छ ।

पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबार कारोबारमा आएका ३११ मध्ये ५ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन बरुण हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड, कुथरी बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र अपर हेवाखोला जलविद्युतको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै बरुण हाइड्रोपावरको प्रतिकित्ता मूल्य २७३.९० रुपैयाँ, ग्रीन भेञ्चर लिमिटेडको ५८६.३० रुपैयाँ, कुथरी बुखरी स्मल हाइड्रोपावरको १५०९.३० रुपैयाँ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२५९.५० रुपैयाँ र अपर हेवाखोला जलविद्युतको ४७८.३० रुपैयाँ पुगेको छ ।

यसैगरी आजको बजारमा एनआरएन इन्फ्रास्टक्चरको ९.०८ प्रतिशत, मल्टिपपर्स फाइनान्सको ८.०९, मनकामना स्मार्ट लघुवित्तको ७.५४, कालिका पावरको ७.०४ र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.०१ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट सामलिङ्ग पावरको सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ। यसैगरी कुमारी इक्वीटी फन्डको ४.९४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्यापको ३.३१ प्रतिशत, १०.२५% माछापुच्छ्रे बैंक डिबेञ्चर १.९७ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको १.९६ प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि कुल बजार पुँजीकरण २९ अर्ब ४७ करोड ४३ लाख रुपैयाँले बढेर ३३ खर्ब ५४ अर्ब १५ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार कुल बजार पुँजीकरण ३३ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।