जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा एक आपसमा गाभ्नेर गाभिने (मर्जर तथा प्राप्ती) को अन्तिम स्वीकृति पाएका छन् ।
नेपाल राष्ट्र बैंकले जेठ २९ गते जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो । केन्द्रीय बैंकले ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लम्कीचुहा नगरपालिका– ४, कैलालीमा रजिष्टर्ड कार्यालय छ ।
दुई कम्पनी गत चैत १८ गते एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अन्तिम स्वीकृति पाएसँगै अब दुई कम्पनीले छिट्टै एकीकृत कारोबारको मिति तोकेर संयुक्त कारोबार सञ्चालन गर्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
