पङ्कज जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

पङ्कज जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएकी हुन् । जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत छन् ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार समेत गर्दै आएको छ ।

यस्तै स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले विभिन्न क्षेत्रमा पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ असार २०८१, आइतबार ११ : ५४ बजे