उन्नति सहकार्य लघुवित्तको कामु सीईओमा नारायण अधिकारी

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण अधिकारी नियुक्त भएका छन् ।

वित्तीय संस्थाको २०८१ असार १ गते दिउँसो १ः१५ बजे बसेको सञ्चालक समितिको २१९ औ बैठकल असार १ गते देखि लागू हुनेगरी अर्को व्यवस्था नहुन्जेल सम्मका लागि अधिकारीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय भएको हो ।

हालसम्म अधिकारी वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पदमा कार्यरत रहेका थिए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।