एघार महिनामा झण्डै ५५ अर्ब विदेशी लगानी प्रतिबद्धता प्राप्त, जेठमा ११ अर्ब

0
Shares

चालु आर्थिक वर्षको एघार महिनामा झण्डै ५५ अर्ब बराबरको विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएकोे छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष एफडीआई प्रतिबद्धता आएको छ । जेठमा अटोमेटिक रुटबाट मात्रै ८ अर्ब २७ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ ।

विभागका अनुसार जेठमा साना ५१ वटा र मझौला एक वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । जेठमा ठूला उद्योगको लागि भने प्रतिवद्धता आएको छैन । जेठमा सबैभन्दा पर्यटन क्षेत्रमा ३२.६२ प्रतिशत, सेवा क्षेत्रमा ११.२१, उत्पादनमा ६.११, सूचना तथा प्रविधिमा १.२, खनिजमा १.२ र कृषिमा १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा रोयल्टीबापत २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा रोयल्टीबापत २ अर्ब ३२ करोड ८ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ । १६ लाख १५ हजार २३८ डलर, ३० करोड ७० लाख ६१ हजार भारु र ४९ हजार युरो बाहिरिएको विभागको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।