आइडिएको तेस्रो बैठक काठमाडौंमा आयोजना हुदै, तयारी पुरा

0
Shares

नेपालमा पहिलो पटक आयोजना हुन लागेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ मा को तेस्रो बैठक यही असार ४ देखि ७ गते (१८ जुन देखि २१ जुन २०२४) सम्म काठमाडौंमा आयोजना हुदैछ।

बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्‍व वैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करीब २०० भन्दा बढीप्रतिनिधहरुको सहभागिता रहने छ। उक्त बैठकको उद्‍घाटन भोलि चैत्र ४ गते सोमबारका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले गर्नुहुने कार्यक्रम रहेको छ।

आगामी ३ वर्षका लागि आइडिए देशहरुलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा गहन छलफल हुनेछ।

सोही अवसरमा बैठकमा सहभागीहरुबाट विश्‍व वैंक समेतका सहयोगमानेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ। नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाका बारेमा विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्‍न भएको छ। काठमाडौं स्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त वैठकमा सहभागिताको लागि हालसम्म विभिन्न देश तथा विश्व बैकबाट करिब १५० जनाभन्दा बढीप्रतिनिधिहरु काठमाडौं आइपुग्नु भएको छ र आज रातीसम्म सबै प्रतिनिधिहरु आउने योजना रहेको छ।

उक्त बैठकको आयोजनाबाट नेपालको बिकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आइडिएको नीति प्रथमिकता संग तादम्य गराउन अवसर मिल्ने, अन्तराष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमासमेत टेवा पुग्ने विश्वास लिइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ असार २०८१, सोमबार  १८ : ४८ बजे