आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर असार ६ गते बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

कम्पनीको २०८० पुस २८ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजी ६ करोड ८५ लाख ७१ हजार ८०० रुपैयाँको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सो सभाले बोनसको कर प्रयोजन सहित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश समेत अनुमोदन गरेको थियो ।

बिहीबार सूचीकृत भएको उक्त बोनस सेयर साधारण सभा प्रयोजनका लागि तोकिएको २०८० पुस ६ गतेको अघिल्लो कारोबार दिन अर्थात पुस ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीले धितोपत्रको दोस्रो बजार मार्फत कारोबार गर्न पाउनेछन् ।
बोनसपछि आत्मभिर्नर लघुवित्तको चुक्ता पुँजी ७ करोड ५४ लाख २८ हजार ९८० रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।