गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । फाइनान्सले प्रति इकाई एक हजारका दरले कुल २ लाख ६० हजार कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।
फाइनान्स कम्पनीको सञ्चालक समितिको २०८१ असार ५ गते बसेको २६५ औं बैठकबाट ९% प्रतिशत गुहेश्वरी डिबेन्चर २०८९ जारी गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तोय रोज अधिकारीले जानकारी दिए ।
कम्पनीले जारी गर्ने ८ वर्ष उक्त ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ६–६ महिनामा ब्याज भुक्तानी पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
