सूर्यज्योति लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा बीमशुलको ब्याज तथा जरिवानामा छुटको अफर ल्याएका छन् । दुई कम्पनीले अधिकतम ३५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।
बीमालेख परिपक्व नहुँदै त्याग गर्ने बीमितको संख्या बढ्न थालेपछि जीवन बीमा कम्पनीहरुले धमाधम नवीकरणमा छुट दिन थालेका हुन् । यस्तो छुट समर्पण नगरी बीमालेख त्याग्नेहरुका लागि दिइने गरिन्छ ।
हिमालयन लाइफ इन्स्योरेन्स (HLI) ले तीन वर्ष व्यतित भइसकेको बीमालेखमा शतप्रतिशत छुट दिँदा ३ वर्षदेखि ५ वर्षसम्मका लागि ३५ प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्मका लागि ३५ प्रतिशत र ७ वर्षमाथिका लागि २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सले असार २३ गतेसम्मका बीमालेख नवीकरण गर्नेलाई उक्त छुट दिने निर्णय गरेको हो ।
यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने र कम्पनीबाट ब्याज र जरीवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराईएका बीमालेखहरु बीमालेख नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण (सरेन्डर) गर्न चाहेमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज र जरीवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।
व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क बीमितले आफूलाई पायक पर्ने हिमालयन लाइफको कुनै पनि प्रादेशिक कार्यालय, शाखा र उप–शाखा कार्यालयहरुमा सम्पर्क गरी भुक्तानी गर्न सक्नेछन् ।
यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) ले पनि असार २१ गतेसम्म व्यतित बीमालेखको पुनर्जागरणरनवीकरण गर्ने बीमितलाई नवीकरण बापतको शुल्कमा ३५ प्रतिशतसम्म छुट दिने जनाएको छ । २०८२ असार २१ गतेभित्र परिपक्क हुने बीमालेखमा यो छुट लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
बिलम्ब शुल्कमा छुट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने छ । पुनर्जागरण भएको १ वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएका बीमाशुल्क छुट रकम समर्पण रकममा कटाइने बताएको छ । सुर्यज्योति लाइफको मोबाइल एप डाउनलोड गरी आफ्नो बीमालेखको नवीकरण मिति, बीमाशुल्क र अन्य जानकारी प्राप्त गर्न सकिने र नजिकको शाखा कार्यालयमा गई वा आफ्नो मोबाइल बैंकिङ्ग एप वा अनलाइन वालेट हरुबाट सजिलै बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ ।
साथै बीमालेख सम्बन्धी महत्वपुर्ण जानकारीहरु मोबाइल वा इमेल मार्फत् दिइने हुनाले आफ्नो मोबाइल नम्बर र इमेल अध्यावधिक गर्नको लागि कम्पनीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्समा साबिक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जर भएका हुन् । यस्तै सूर्यज्योति लाइफमा साबिक सूर्याज्योति लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्स मर्जर भएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
