हिमालय उर्जाले तोक्यो शतप्रतिशत हकप्रदको बुकक्लोज

0
Shares

हिमालय उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद निष्कसनको लागि सेयर दाखिल खारेज (बुकक्लोज) मिति तोकेको छ ।

कम्पनीको असार १० गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको ११० औं बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनार्थ असार २० गते बिहीबार एक दिनका लागी सेयर दाखिला खारेज किताब बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ७ गते शुक्रबार १ः१ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर जारी गर्ने स्वीकृती प्राप्त गरेको थियो । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीले हाल कायम  चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।