जेठमा एक खर्बभन्दा बढीको धितोपत्र कारोबार, जलविद्युतको हिस्सा एक चौथाई धेरै

0
Shares

धितोपत्र बजारमा जेठ महीनामा एक खर्ब बढीको धितोपत्र कारोबार भएको छ । धितोपत्र दोस्रो बजारमा रूपैयाँभन्दा बढीको भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । १५ समूहको समेत गरी उक्त रकम बराबरको कारोबार भएको हो । नेप्सेका अनुसार कुल कारोबारमा जेठ महिनामा जलविद्युत समूहको सबैभन्दा हिस्सा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार जेठ महीनामा १ खर्ब ५१ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको २२ करोड ७५ लाख ५४ हजार ६९० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको हो । जसमध्ये जलविद्युत (हाइड्रोपावर) को हिस्सा मात्रै २६.८२ प्रतिशत बराबर रहेको छ ।

सबैभन्दा बढी हिस्सा जलविद्युतको जेठमा ८ करोड बढी कित्ता सेयर २६ अर्ब ९५ करोड ७४ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै जलविद्युतपछि लघुवित्तको १ करोड ९५ लाखभन्दा बढी कित्ता सेयर १९ अर्ब ६७ करोड २१ लाख ८० हजार रूपैयाँमा कारोबार भएको छ । त्यस्तै वित्त समूहको ११ अर्ब ६२ करोड ५६ लाख ५० हजार रूपैयाँका २ करोड २५ लाख ७४ हजार ३९० कित्ता कारोबार भएको छ ।

नेप्सेका अनुसार जेठ महीनामा चौधो ठूलो कारोबार लगानी समूहको भएको छ । यस समुहको जेठ महीनामा ८ अर्ब ८९ करोड ७८ लाख ६० हजार रूपैयाँ बराबरका १ करोड ३२ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ । बैंकिङ समूहको जेठमा ७ अर्ब २४ करोड ३ लाख ९० हजार रूपैयाँका २ करोड ९३ लाख २४ हजार ९९० कित्ता सेयर कारोबार भएको छ । फाइनान्सभन्दा २.२० गुणा बढी कित्ता सेयर वाणिज्य बैंकको कारोबार भएपनि फाइनान्सको भन्दा मुल्य कम रहेका कारण कारोबार रकम भने ४अर्ब ३८ करोड ५२ लाख कम रहेको छ ।

जेठमा सबैभन्दा ऋणपत्रको कारोबार सबैभन्दा कम भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । यस महीनामा ऋणपत्रको कारोबार ८ करोड १९ लाख रूपैयाँ बराबरको ७८ हजार ३६० कित्ता ऋणपत्र कारोबार भएको हो ।

यसैगरी जेठमा विकास बैंकको कारोबार ५ अर्ब २० करोड ७६ लाख ६० हजार रूपैयाँ रहेको छ । यस महीनामा विकास बैंकका १ करोड ३३ लाख २७ हजार १०० कित्ता सेयर कारोबार भएको हो । यस महीनामा उत्पादन तथा प्रशोधनमुलक समुहको ४ अर्ब ९५ करोड ७३ लाख ४० हजार रूपैयाँको ७९ लाख ९४ हजार ३६० कित्ता सेयर कारोबार भएको छ । यसैगरी जीवन बीमाको ४ अर्ब १६ करोड ७६ लाख २० हजार रूपैयाँको ८५ लाख २६ हजार, निर्जीवन बीमाको ३ अर्ब ९६ लाख २४ लाख ३० हजार रूपैयाँको ५८ लाख ९३ हजार र अन्य समुहको ३ अर्ब ६१ करोड २५ लाख रूपैयाँको ५७ लाख ४७ हजार कित्ता सेयर र होटल तथा पर्यटनमुलक समुहको जेठ महीनामा ३ अर्ब ६ करोड २५ लाख ४० हजार रुपैयाँको ४३ लाख ९३ हजार बढी कित्ता कारोबार भएको छ ।

यसैगरी जेठ महीनामा ५६ करोड २० लाख ८० हजार रूपैयाँको ३२ लाख ६० हजार बढी कित्ता संस्थापक सेयर कारोबारमा आएको छ । यस्तै व्यापार समुहमा सूचीकृत कम्पनीहरुको ३८ करोड ४८ लाख ७० हजार रूपैयाँभन्दा बढीको ८४ हजार ६४० कित्ता सेयर कारोबारमा आएको छ । प्रति इकाई दश रुपैयाँमा जारी हुने म्युुचुअल फण्डको ११ करोड ८९ लाख ४० हजार रूपैयाँको १ करोड ३५ लाख ३७ हजार बढी इकाई खरीद बिक्री भएको नेप्सेको त्थयाङ्क छ ।

Index Turnover in Mn % Kitta ‘000
HydroPower 26957.470 26.82 80000.32
Microfinance 19672.180 19.57 19517.06
Finance 11625.650 11.57 22574.39
Investment 8897.860 8.85 13296.01
Banking 7240.390 7.20 29324.99
Development Bank 5207.660 5.18 13327.10
Manufacturing and Processing 4957.340 4.93 7994.36
Life Insurance 4167.620 4.15 8526.16
Non Life Insurance 3962.430 3.94 5893.23
Others 3612.500 3.59 5747.48
Hotels and Tourism 3062.540 3.05 4393.38
Promoter Share 562.080 0.56 3260.04
Trading 384.870 0.38 84.64
Mutual Fund 118.940 0.12 13537.17
Corporate Debentures 81.900 0.08 78.36
Total 100511.43   227554.69

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।