सिन्धु विकास बैंकमा रोजगारीको अवसर

0
Shares

सिन्धु विकास बैंकले रोजगारीको अवसर खुला गरेको छ । बैंकले ब्रान्च मेनेजर र चार्टड अकाउन्टेन (सिए) पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार अर्धयोग्य चार्टड अकाउन्टेन्ट पदका लागि आवेदकसँग २ वर्ष र ब्रान्च मेनेजरका लागि ५ वर्षको अनुभव हुनुपर्नेछ । उम्मेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, आवेदकहरूले आफ्नो आवेदन, बायोडाटा (सिभी), नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो असार २५ गतेभित्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।