एसइईमा सबैभन्दा बढी २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

एसइईमा सबैभन्दा बढी २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख २२ हजार ४७२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् । ननग्रेड (एनजी) ल्याउने परीक्षार्थीको संख्या २ लाख ४२ हजार ३१३ अर्थात ५२.१४ प्रतिशत छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

त्यसैगरी १.६० देखि २ जीपीए ६ जनाले ल्याएका छन् । यस्तै २ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० रहेका छन् भने जीपीए २.४० देखि २.८० ल्याउने विद्यार्थीकाे संख्या ४१ हजार १७७ रहेकाे छ ।  बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७४ रहेको छ ।  साथै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ६८ हजार २५६ रहेको छ भने ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ ।

साउन १८ र १९ मौका परीक्षा- १ लाख १५ हजार ८३४ ले दिन पाउने

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका हुन् ।

योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन् ।

यसरी हेर्नुस् नतिजा

नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०८१, बिहीबार १२ : ५४ बजे