राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

0
Shares

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको २०८१ असार ९ को निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

विसं २०५१ सालमा कम्युटर प्रोग्रामर (तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।