लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुमोदन, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
गत आर्थिक वर्षबाट पनि कम्पनीले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेन । लाभांश नदिएसँगै एलआईसी नेपालका लगानीकर्ताको लगातार तीन वर्ष हात खाली भएको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक प्रणय कुमारले आउँदो दिनमा सेयरधनीहरुलाई कम्पनीको क्षमता अनुसारको प्रतिफल दिने प्रतिवद्धता जनाए ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते शुत्रबmार एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजका आधारमा जेठ ३१ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्रै सभामा प्रतिनिधित्व गर्न पाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
