महिला लघुवित्तको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैकिङ्ग

0
Shares

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रार (आरटिएस) मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

साँगा काभ्रेमा रजिष्टर्ड तथा केन्द्रीय कार्यालय रहेको महीला लघुवित्तले सेयर रजिष्ट्रेशन (आरटिएस) गर्ने सम्बन्धी कार्य गर्न लेखनाथमार्ग, ठमेल, काठमाण्डौंमा कार्यालय रहेको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेका अनुसार नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड र महीला लघुवित्तबीच २०८१ असार १० मा सम्पन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सेयर रजिष्ट्रार नियुक्त भएसँगै लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एसबिआई मर्चेण्ट बैकिङ्गले गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।