कुमारी बैंकको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।