एनआईसी एशिया बैंकद्धारा पोखरामा मास्टरकार्ड लञ्च, तीन देशमा प्रयोग गर्न सकिने

0
Shares

एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड लञ्च गरेको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले आइतबार पोखरामा एक कार्यक्रम गर्दै एनआईसीले मास्टरकार्डसँग सहकार्य गरिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि बैंकको पस टर्मिनल र एटीएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो । एनआईसीले जारी गर्ने मास्टर डेबिट कार्डलाई नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिन्छ ।

पर्यटन प्रवद्र्धनका लागि मास्टरकार्ड पोखराबाट लञ्च गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले बताए । यसले पोखराको पर्यटन थप विदेशी पर्यटकमाझ पुग्ने बैंकले विश्वास लिएको छ । मास्टरकार्ड कार्ड २१० मुलुकमा प्रयोग गर्न सकिन्छ ।

बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । बैंकले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ । गत आर्थिक वर्षमा मात्रै बैंकले ३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।