प्रतिनिधिसभाको बैठक सुरू, अर्थसम्बन्धि तीन ओटा विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभाको बैठक सुरू, अर्थसम्बन्धि तीन ओटा विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेदेखि सुरु भएको छ । प्रतिनिधि सभाको बैठकबाट आज अर्थसम्बन्धि ३ वटा विधेयकमाथि छलफल हुनेछ ।
आइतबारको बैठकबाट अर्थसम्बन्धि ३ वटा विधयेकमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधन निर्णायार्थ पेश गर्ने कार्यसूची छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् ।

त्यस्तै, भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । भन्सार महसुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने अर्थमन्त्री वर्षमान पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार १५ : १७ बजे