सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सजेन्स (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीको १०.२६ प्रतिशतले हुन आउने ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७९।८० बाट प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनस र बोनसको कर प्रयोजन सहित २४.७४ प्रतिशत नगद लाभांश २०८१ बैशाख २१ गते सम्पन्न भएको सोह्रौं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो । नगद लाभांश भने कम्पनीले यसअघि नै वितरण गरिसकेको छ ।

साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार बैशाख ६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लागनीकर्ताले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।