कामना सेवा विकास बैंकले ३५ करोडको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर ( प्रपेञ्चुअल नन् क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा २०८१ असार १७ सोमबार दिउँसो ३ः१५ बजे बसेको सञ्चालक समितिको ३७७ औं बैठकको निर्णय बमोजिम बैंकले १०० रुपैयाँका दरले ३५ लाख इकाई डिबेञ्चर बिक्री गर्ने निर्णय गरेको हो ।

वार्षिक ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र बिक्री गरिने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दिनेश थकालीले जानकारी दिए ।

बैंकको आर्थिक वर्ष २०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा मात्र उक्त डिबेञ्चर निष्कासन हुने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले असार १२ गते एकीकृत निर्देशिकामा संसोधन गर्दै प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न बाटो खुला गरेको थियो । राष्ट्र बैंकको निर्देशन पश्चात प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयरजारी गर्ने निर्णय गर्ने कामना सेवा विकास बैंक पहिलो विकास बैंक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।