सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

0
Shares

सेन्ट्रल फाइनान्सले संस्थापक सेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको जनाएको छ । इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुर वा संस्थाको सेयर रजिस्ट्रार एनएमबि क्यापिट मर्चेन्ट मार्केट्स काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।