सुयोग सहकारीको सात करोड ठगेको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

0
Shares

प्रहरीले ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष मंगलबजारकी ६० वर्षीया मलिका महर्जन र सचिव भक्तपुरको सूर्यविनायकका ३७ वर्षीय अर्पण कवा रहेका छन् ।

उनीहरूविरुद्ध बचतकर्ताहरूको निक्षेप अपचलन गरेर सात करोड १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोप गरेको उजुरी परेको थियो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।