नागरिक लगानीकोषको सञ्चालकमा रमाली नियुक्त

नागरिक लगानीकोषको सञ्चालकमा रमाली नियुक्त

नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्त राज रमाली नियुक्त भएका छन् ।

नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गरिएको हो ।

साथै, उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष शपथ समेत लिइसकेको कोषले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार १२ : ४२ बजे