हिमालयन लघुवित्तको सीईओमा आचार्यलाई निरन्तरता

0
Shares

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।

असार १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीका सचिव देवकर कार्कीले जानकारी दिए ।

विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।