केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गते (१ वर्षका लागि) सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले असार २० गते साँझ ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।