सूर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर वितरण भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० बाट वितरण गरेको बोनस सेयर डिम्याट खाता जम्मा भएको हो ।
कम्पनीको बोनस सेयर गत बैशाख ६ गतेसम्म शेयर अभौतिकीकरण तथा कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको छ ।उक्त मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा भने क्रमशः बोनस सेयर जम्मा गर्दै जाने पनि कम्पनीले बताएको छ ।
उक्त बोनस सेयर गत बैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारण सभाले १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सअित २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर कम्पनीले सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल मार्फत वितरण भएको जनाएको हो ।
सूर्यज्योति लाइफको बोनस सेयर नेप्से तथा सीडीएससीमा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भैसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया