आँखुखोला जलविद्युतले तोक्यो १५०% हकप्रदको बुकक्लोज

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

कम्पनीले जारी गर्न लागेको १ः१.५० अनुपातमा हकप्रद निष्कासन गर्नका आगामी साउन १ गते मंगलबार बुकक्लोज गर्ने निर्णय गरेको हो । बुकक्लोज अनुसार असार ३१ गते सोमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीले असार १९ गते बुधबार नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।

कम्पनीले हकप्रद वापत संकलन गर्ने उक्त पुँजी गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला(२ जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

कम्पनीले अनुमति माग्दा २०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको थियो । तर विद्युत नियमन आयोगले घटाएर चुक्ता पूाजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीपछि कम्पनीको पुँजी २ अर्ब पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।