डेरी उद्योग संघको अध्यक्षमा पुनः राजकुमार दाहाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको १५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि अध्यक्षमा पुनः दाहाललाई निर्वाचित गरेको हो ।
दाहाल राजधानी डेरी प्रालिका सञ्चालक हुन् । यसैगरी साधारण सभाले उपाध्यक्षमासुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ, महासचिवमा काठमाडौंको आधुनिक डेरी प्रालिका विश्वराज वस्नेत र कोषाध्यक्षमा पञ्चशिल डेरी प्रालिका पुष्पराज बस्नेतलाई चयन गरेको छ ।
त्यस्तै वार्षिक साधारण सभाले सदस्यहरुमा सैजु डेरीका जेनन सैंजु, सप्तरीको मिलन डेरी एण्ड फुडका मिलनकुमार सिंह, चितवनको चितवन मिल्कका राजुबाबु श्रेष्ठ, झापाको एनएमसी डेरीका रामचन्द्र उप्रेती, भक्तपुरको कन्ट्री फुडका सन्तोषलाल श्रेष्ठ र काभ्रेका जय श्रीकृष्ण डेरीका सुरज सापकोटालाई चयन भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
