साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

0
Shares

मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।

मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका(१ डुम्रे तनहुँमा रहने छ ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत फागुन १९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।