तेह्रथुम पावर कम्पनीको ३२ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता सेयरको लकइन अवधि आगामी साउन २७ गतेदेखि सकिने भएको छ ।कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीका अनुसार २८ लाख कित्ता संस्थापक सेयर,स्थानीय बासिन्दामा वितरण गरिएको ४ लाख कित्ता र कर्मचारी १६ हजार कित्ता सेयर हाल लक इनमा रहेको छ ।

तेह्रथुम पावरले विसं २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दाका लागि, भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेतमा) आईपीओ निष्काशन गरि भदौ २५ गते बाँडफाँड गरेको थियो । यसरी सर्वसाधारणमा सेयर बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म संस्थापक, स्थानीय बासिनदा र कर्मचारीलाई वितरण गरिएको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ ।

साथै कम्पनीको संस्थापक शेयर सदस्यहरूमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने सेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले बताएको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।