जीवन बीमाका हिसाबले मुलकका सात ओटा प्रदेशमध्ये कर्णाली सबैभन्दा कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसारसबैभन्दा पीछडिएको प्रदेशको रुपमा रहँदै आएको कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिँदा संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै हिस्सा छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार चालू आवको जेठ मसान्तसम्ममा देशभर १ करोड ४० लाख ८९ हजार ६२२ जनाले जीवन बीमा गरेका छन् । जसमध्ये कर्णाली प्रदेशका २ लाख २ हजार ५६९ जनाले बीमा गरेका छन् । यो संख्या १.४३ प्रतिशत हो ।
जीवन बीमाको एक तिहाई बढी हिस्सा बागमती प्रदेशमा छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांक अनुसार जीवन बीमा गर्ने ७१ प्रतिशत जनसंख्या बागमती प्रदेशमा छन् । यस प्रदेशमा १ करोड ९४ हजार ४३७ जनाले बीमा गरेका छन् ।
यसैगरी जीवन बीमा बजारको ८.१५ प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको छ । उक्त प्रदेशका ११ लाख ५३ हजार ४७४ जनाले बीमा गरेको तथ्यांकमा उल्लेख छ । साथै लुम्बिनी प्रदेशका ९ लाख ९४ हजार ९३७ जनाले जीवन बीमा गरेका छन् । जुन कुल बीमा गर्ने जनसंख्याको ७ प्रतिशत हुन आउँछ ।

यसैगरी, जीवन बीमा बजारको ४.१६ प्रतिशत हिस्सा मधेश प्रदेशको छ । उक्त प्रदेशका ५ लाख ८६ हजार ४१४ जनाले बीमा गरेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशका ५ लाख ३८ हजार ७४९ जनाले जीवन बीमा गरेका छन् । बीमा गर्ने कुल संख्याको तुलनामा यो ३.८२ प्रतिशत हो । यसैगरी, सुदूरपश्चिम प्रदेशको हिस्सा कुल बीमा गर्ने जनसंख्याको ३.६४ प्रतिशत छ । यस प्रदेशका ५ लाख १९ हजार ८ जनाले बीमा गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
