दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्र बजारमा कारोबार हुँदै आएको किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो । मर्जर प्रयोजनका लागि नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले भोलि अर्थात् असार २७ गतेबाट एकीकृत वित्तीय कारोबार गर्ने तयारी गरेका छन् ।

जाल्पाको १ कित्ता सेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा दुबै कम्पनी एकापसमा मर्जर भएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असार २०८१, बुधबार  १६ : २१ बजे